वर्कसपमा ‘मितज्यू’ टिम

काठमाडौं,
पुस ८ ।

चलचित्र ‘मितज्यू’को वर्कसप सुरु भएको छ । वर्कसपमार्फत कलाकारहरूलाई आफ्ना भूमिकाबारे थप स्पष्टता दिने उद्देश्य रहेको निर्देशक अनिल बुढा मगरले बताउनुभयो । वर्कसपमा तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारहरूको सहभागिता छ । कलाकारहरूले निभाउने भूमिकालाई सहज र प्रभावकारी बनाउन वर्कसप आवश्यक रहेको निर्देशक मगरको भनाइ छ ।

चलचित्रका निर्माता जनक घर्ती मगरले वर्कसपमार्फत कलाकारहरूलाई आफ्नो चरित्र र भूमिकाबारे बुझाउन खोजिएको बताउनुभयो । उहाँका अनुसार ‘मितज्यू’ आगामी माघ महिनाको पहिलो साताबाट छायांकनमा जाने तयारीमा छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्कबहादुर पुनमगर (खबपु) लगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रका मुख्य सहायक निर्देशक फिरोज खड्का हुनुहुन्छ भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहनुभएको छ । रोल्पाका विभिन्न स्थानमा छायांकन हुने ‘मितज्यू’ आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्माणपक्षले जनाएको छ । बुढा मगरले यसअघि चलचित्र ‘घरज्वाइँ’ निर्देशन गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार