काठमाडौं,
पुस ६ ।
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई प्रतिभाश्री अवार्ड प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई उक्त अवार्ड प्रदान गरिएको हो । त्यहाँका सांसद र विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा उक्त अवार्ड प्रदान गरिएको थियो ।
डा. उपाध्यायले गीत र साहित्यमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिएको थियो । डा. उपाध्यायले गीत सङ्गीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उहाँको पछिल्लो उपन्यास ‘आशक्ति’ रहेको छ ।






