रास्वपाका सभापति रवि लामिछाने आज थुनामुक्त हुँदै

काठमाडौं,
पुस ४ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) थुनामुक्त हुँदै हुनुहुन्छ । उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लाग्नुभएको हो ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहनुभएका रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको थियो ।

रास्वपाका नेता हरि ढकालका अनुसार रविलाई आज जिल्ला अदालत भैरहवामा उपस्थित गराइनेछ । त्यसपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर रिहा गरिनेछ ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहनुभएका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराउनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार