ध्रुव र मनिषाको स्वरमा ‘मर्छु हजुर’ (भिडियोसहित)

काठमाडौं,
पुस ४ ।

ध्रुव विक र मनिषा सुनारको स्वरमा रहेको गीत ‘मर्छु हजुर’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द रचना तथा संगीत र सुलभ घिमिरेको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री अनिता गिरीलाई फिचरिङ गरिएको छ । सार्वजनिक भिडियोमा पल र अनिता रोमान्टिक जोडीको रूपमा देखिनुभएको छ ।

युवायुवतीबीचको प्रेमकथामा आधारित यस गीतको भिडियोमा प्रेम, भावना र सम्बन्धको उतारचढावलाई आकर्षक दृश्यमा प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार