‘सेतो धरती’ नाटकमा मञ्चन हुँदै

काठमाडौं,
पुस ३ ।

नेपाली साहित्यको चर्चित उपन्यास ‘सेतो धरती’ अब नाटकमा हेर्न पाइनेछ । मदन पुरस्कारसमेत विजेता यो कृतिलाई ‘कान्तिपुर थिएटर’ले नाटकमा मञ्चन गर्न लागेको हो । थियटरले आफ्नो चौथो प्रस्तुतिको रूपमा यो नाटक मञ्चन गर्न लागेको जनाएको छ । ‘मीरा’बाट नाटक मञ्चन सुरु गरेको थियटरले ‘शिरीषको फूल’ र ‘महारानीको जात्रा’ मञ्चन गरिसकेको छ ।

‘सेतो धरती’का लेखक अमर न्यौपानेसँग अनुमति लिएर आफूले यसलाई नाट्य रूपान्तर गर्न लागेको कान्तिपुर थिएटरका सिइयो प्रकाश पुरीले बताउनुभयो । नाटकका लागि पुस्तक भित्रको उपयुक्त अंससहित लेखकसँग महत्वपूर्ण सुझावसमेत प्राप्त गरेको पुरीको भनाइ छ ।

‘सेतो धरती’ एकदमै चर्चित र सर्वाधिक बिक्री भएको पुस्तक पनि हो’, पुरीले भन्नुभयो ‘त्यसका पाठकलाई यो भिजुअलमा आउँदा यस्तो देखिँदो रहेछ भनेर देखाउन पनि हामीले मञ्चन गर्न लागेका हौ ।’ ‘सेतो धरती’को नाट्य रूपान्तर भइरहेकाले उहाँले सुनाउनुभयो । पुरीका अनुसार नाटकका निर्देशक, कलाकार र मञ्चन मिति भने फाइनल हुन बाँकी छ ।

यसमा तपाइको मत

अन्य समाचार