काठमाडौं,
मंसिर १० ।
विक्रम जोशीको निर्देशनमा निर्माण हुनलागेको नयाँ चलचित्र ‘विक्रम’को छायांकन आरम्भ भएको छ । चलचित्रको छायांकन बेलायतको लण्डनदेखि सुरु भएको हो । यो चलचित्र महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त व्यानरमा निर्माण हुनलागेको हो । चलचित्रको निर्माता हिरल जोशी हुनुहुन्छ भने एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहनुभएको छ । ‘संस्कृति क्रिएशन्स नेपाल’ न्यौपानेको कम्पनी हो ।
अभिनेता सलोन बस्नेत र निर्देशक विक्रम जोशीका अलवा विदेशी कलाकार नादेशि हप्किन्सको यस चलचित्रमा मुख्य भूमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको चलचित्रमा सौरभ लामाको डि.ओ.पी र ईश्वर सिन्केमानाको छायांकन रहनेछ । चलचित्रका प्रोडक्सन म्यानेजर रविन भारती हुनुहुन्छ ।
निर्माण पक्षका अनुसार यस चलचित्रको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत छायांकन नेपालमा गरिनेछ । केही समयअघि निर्माण टिमले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गरेको थियो । सार्वजनिक पोष्टरमा कलाकारको लुक्स हेर्दा चलचित्र बक्सिङ खेल वा एक्सन विधामा आधारित रहेर निर्माण हुनलागेको अनुमान लगाउन सकिन्छ ।






