त्रिमूर्तिमा देवकोटा जयन्ती

काठमाडौं,
कात्तिक ४ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जयन्तीका अवसरमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंले सोमवार महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो ।

त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्र्नुभयो ।

सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ भन्नुभयो ।

कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको त्रिमूर्ति निकेतनका सदस्य-सचिव नरेन्द्रराज प्रसाईंद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार