प्रदर्शनमा ‘जेरी अन टप’

काठमाडौं,
असोज ३१ ।

सिनेमाघरमा अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो । यस चलचित्रको मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।

सुयोग गुरूङको निर्देशनमा तयार ‘जेरी अन टप’ मा अनमोलको अपोजिटमा अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ हुनुहुन्छ । साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायत कलाकारहरूको अभिनय छ ।

‘अनन्या फिल्मस्’को ब्यानरमा तयार ‘जेरी अन टप’ सरोज न्यौपानेले निर्माण गर्नुभएको हो । दुलिप रेग्मीको सिनेमाटोग्राफी रहेको चलचित्र निर्माणमा न्यौपानेसँगै रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविष्य खड्काले साझेदारी गर्नुभएको छ । चलचित्रको कथा हेमराज बिसीको हो । चलचित्रलाई ड्रामा, रोमान्स र एड्भेन्चर जनरामा राखिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार