‘चिराग’को ‘फूल बनि फुल्थे’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असोज २७ ।

आगामी मंसिर ५ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको  चलचित्र ‘चिराग’को गीत ‘फूल बनि फुल्थेँ’ सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा दीपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ ।

चलचित्रका लेखक तथा निर्देशक त्यागमूर्तिको शब्द र संगीत रहेको गीतको भिडियोलाई विशेष गरी भिएफएक्स टेक्नोलोजीमार्फत निर्माण गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार त्यागमूर्ति र संकला गौतमलाई फिचर्ड गरिएको छ । यसअघि चलचित्रको एक पोष्टर सार्वजनिक गरिएको थियो, जसमा त्यागमूर्ति तेस्रोलिंगीको भूमिकामा देखिनुभएको थियो । सार्वजनिक गीतमा भने उहाँ पुरुषकै भूमिकामा प्रस्तुत हुनुभएको छ ।

चलचित्रको ट्यागलाइन भने ‘आशाको चिराग कहिल्यै निभ्दैन’ राखिएको छ । यस चलचित्रमा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेरबहादुर डिसी, संकला गौतम, नरेशप्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बालकलाकार सागर खरेल लगायतका कलाकारको अभिनय छ । चलचित्रको छायांकन राहुल राई र मेफुज अन्सारीले गर्नुभएको छ भने सम्पादन सुभाष देवकोटाको छ ।

यसमा तपाइको मत

अन्य समाचार