काठमाडौं,
असोज २७ ।
नेकपा एमालेले पार्टीको महाधिवेशन गर्ने, संसद् पुनस्थापना लागि नेतृत्व लिन र अहिले भएको प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय गरेको छ । तीन दिनदेखि जारी पदाधिकारी बैठकले यी विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जनाउनुभयो ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्नै नेता ज्ञवालीले यही २९, ३० र ३१ गते हुने केन्द्रीय कमिटी बैठकमा यी एजेन्डा लैजाने निर्णय भएको जानकारी गराउनुभएको हो । उहाँले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको जनाउनुभयो ।
मङ्सिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने भएको छ । मिति र स्थान भने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने ज्ञवालीले बताउनुभयो ।






