पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं,
भदौ २८ ।

वकालत पेसाबाट पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान कायम गर्नुभएकी सुशीला कार्की अन्तरिम नागरिक सरकारको प्रधानमन्त्री बनेर अर्को इतिहास रच्नुभउको छ । ३१ वर्ष वकालतमा बिताउनुभएकी उहाँले नौ वर्ष सर्वोच्च अदालतको इजलासमा बिताउनुभयो ।

जेनजी विद्रोहबाट जननिर्वाचित सरकार विस्थापित भएपछि स्वतन्त्र र प्रतिष्ठित नागरिकका रूपमा जेनजीहरूबाटै अघि सारिनुभएकी उहाँले अब चुनाव गराएर निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्ने मुख्य कार्यभार पाउनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार