‘धागो’ को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भदौ २१ ।

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको गीतमा शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै छ ।

रोमान्टिक शैलीको गीतमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिनुभएको छ । जसमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

कातिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने चलचित्र उदिप राना थापाले निर्देशन गर्नुभएको हो । नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक फिल्मले विषय वस्तुमा उठाएको छ ।

चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिननुहुनेछ । बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूको पनि चलचित्रमा अभिनय छ ।

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको चलचित्रको निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा रहनुभएको छ भने सहनिर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री हुनुहुन्छ ।

‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । नेपालमा यस चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार