नाडा अटो शोमा अवलोकनकर्ताको उत्साजनक उपस्थिति

काठमाडौं,
भदौ ५ ।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो-२०२५मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । शोमा उड्ने ट्याक्सी प्रदर्शनको मुख्य आकर्षणको रुपमा राखिएको छ । जसको कारण अवलोकनकर्तालाई थप आकर्षित गरेको छ ।

सवारीसाधनका सौखिनहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा दुई करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि ‘उड्ने कार’ हेर्न दर्शकको भिड लागेको छ ।

नाडा अटो शोको १७औं संस्करण प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा सुरु भएको यो मेला ८ भदौसम्म चल्ने छ ।

६ दिने प्रदर्शनीमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनका नयाँ मोडेलहरू, तिनका पार्टपुर्जा, टायर, ब्याट्री र अन्य एसेसरिजहरू एउटै छानामुनि प्रदर्शनमा राखिएका छन् । आयोजकले यस पटक लाखौं अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार