‘रिमै’ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन २९ ।

चलचित्र ‘रिमै’को शीर्ष गीत सार्वजनिक भएको छ । आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड हुनहुुन्छ ।

बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको गीतमा रिता केसी र अंशु लामा (अशबहादुर गुरुङ)को स्वर रहेको छ । गुरुङ परिवेशमा तयार पारेको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको यो चलचित्र गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । चलचित्रमा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नुभएको हो । वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सहनिर्माताको रुपमा हुनुहुन्छ । चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको संगीत छ भने, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार