काठमाडौं,
साउन २७ ।
हिन्दु नारीहरूको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा दिनदिनै नयाँ नयाँ तीज गीतका भिडियोहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा सन्जिता खड्काको स्वरमा रहेको तीज गीत ‘ठोक मादल ठोक’ सार्वजनिक गरिएको छ ।
सञ्जिताकै शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा बिन्दु बिसी र सञ्जिताको स्वर छ । गीतमा राकेश सोनीको संगीत संयोजन र ध्वनि मिश्रण छ ।
एउटी अविवाहित युवतीले आफ्नो पनि जोडी भएको भए हुन्थ्यो, शृंगार गर्दा मलाई ‘राम्री छौ’ भन्दिने मेरो जोडीसँगै भैदिए कस्तो हुन्थ्यो होला ! भन्ने भाव व्यक्त गरिएको छ ।
सञ्जिताकै निर्देशन रहेको गीतको भिडियोमा मिना लामाको अभिनयसँगै कोरियोग्राफी छ । सन्तोष थापामगर र पदम मगरको छायांकन रहेको भिडियोमा लोकेश भाटको सम्पादन र रंग संयोजन छ ।






