निर्देशक लिङ्देन सम्मानित

काठमाडौं,
साउन २७ ।

चलचित्र निर्देशक दलप्रसाद लिङ्देन (दिनेश लिङ्देन) अमेरिकामा सम्मानित हुनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले ३१औं विश्व आदिवासी दिवसको अवसरमा उहाँलाई सम्मान गरेको हो ।

‘काबेली’, ‘रीत’, ‘शान्ति’, ‘अदालत’, ‘दुस्प्रयास’, ‘पायल’, ‘खोजतलास’लगायत चलचित्र निर्देशन गर्नुभएका लिङ्देन केही समयअघि सम्मान ग्रहण गर्न अमेरिका पुग्नुभएको थियो । ‘यो सम्मानले अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको छ’, उहाँले भन्नुभयो ।

सम्मान कार्यक्रमअघि लिम्बु, राई, गुरुङ, मगर, नेवार, तामाङ, थारू, शेर्पालगायत समुदायका प्रतिनिधिहरूले सांस्कृतिक झाँकीसहित न्यूयोर्क सिटीमा ¥याली निकालेका थिए । कार्यक्रममा नेपाल, अमेरिका, फिलिपिन्स, थाइल्याण्ड, बर्मालगायतका आदिवासी कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महासंघका अध्यक्ष तोरण गुरुङ, अमेरिकास्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी, उज्यालो नेपालका अभियन्ता तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, उद्यमी केशवराम राई, फिल्म निर्देशक सुरज सुब्बाललगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार