‘ताराहरू’को पोष्टरमा आशान्त

काठमाडौं,
साउन २० ।

आगामी भदौ ६ गतेलाई सिनेमाघरमा आउने मिति गरेको चलचित्र ‘ताराहरू’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा मुख्य कलाकार आशान्त शर्माको आन्तरिक द्वन्द्वमा अल्झिएको लुक्स देखाइएको छ । अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिनुभएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ ।

गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको यो चलचित्र वेज प्रालिले निर्माण गरेको हो । निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः शहरको निम्न मध्यम वर्गीय परिवारको कथा चलचित्रमा देखाइएको उहाँ बताउनुहुन्छ ।
चलचित्रको निर्देशन शर्मा स्वयंले गर्नुभएको हो । चलचित्रमा आशान्तसहित कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायत कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार