‘मोहर’ को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा (भिडियोसहित)

काठमाडौं,
साउन १७ ।

यही साउन २३ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘मोहर’ को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक गरिएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ ।
सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरू कर्णप्रिय छन् । यो गीतले चलचित्रका पात्रहरूको वियोगान्त कथा बोलेको छ ।

फिल्म मेकर्स प्रालि.को व्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता चुम्बनजंग शाही हुनुहुन्छ । चलचित्रलाई ओम प्रतिकले लेखन तथा निर्देशन गर्नुभएको हो ।

चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा बाल-कलाकारको रुपमा सारा शर्माले अभिनय गर्नुभएको छ ।

दीपेन बस्न्यातको डीओपी रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स छ । कुमार महर्जनको एक्सन रहेको चलचित्रमा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशन रहेको चmसचत्रको ट्रेलर र दुई गीतले दर्शकको ध्यान खिच्न सफल भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार