काठमाडौं,
साउन १६ ।
प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ-२०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारतको जयपुरमा आगामी अगस्ट ३ देखि ९ सम्म हुँदैछ । प्रिन्सेस बिहीबार जयपुर प्रस्थान गर्नुभएको छ । उहाँले क्याप्चर फोटोग्राफी नेपालको तर्फबाट नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।
यो संस्था पविन्द्र श्रेष्ठद्वारा स्थापित र निर्देशित छ, जसले नेपालमा धेरै सौन्दर्य प्रतियोगिता र मोडलिङ कार्यक्रम आयोजना गर्दै आएको छ । ‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगिताको विजेता बनेर प्रिन्सेसले यो अवसर प्राप्त गर्नुभएको हो ।
प्रतियोगिताका लागि प्रिन्सेसको तयारीमा पविन्द्रले मार्गदर्शन गर्नुभएको छ । उहाँको कोरियोग्राफी र स्टेज तालिमको जिम्मेवारी अजय गुरुङ र रोहन श्रेष्ठले सम्हाल्नुभएको छ ।






