‘मिस होस्टल नेपाल २०२५’ हुँदै

काठमाडौं,
साउन १३ ।

संस्कारयुक्त आधुनिक शिक्षा र व्यक्तित्व विकासलाई जोड दिँदै ‘मिस होस्टल नेपाल २०२५’ आयोजना हुनेभएको छ । काराओके इन्टरटेनमेन्टले होस्टल व्यवसायी संघसँगको सहकार्यमा यो सौन्दर्य तथा बौद्धिक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

१६ देखि २४ वर्ष उमेर समूहका युवतीहरूलाई लक्षित प्रतियोगिताको फाइनल भदौ १६ गते भृकुटीमण्डपस्थित नेपाल पुलिसको नवनिर्मित हलमा हुनेछ । फाइनल प्रतिस्पर्धाका लागि ३० जनालाई छनोट गरिनेछ । प्रतिस्पर्धीलाई विभिन्न विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएका छन् । र्‍याम्प वाक, वाककला, उद्घोषण, सम्पदा भ्रमण, हाइकिङ, फोटोसुट, स्व-मेकअप तथा मिडिया तालिम पनि कार्यक्रमअन्तर्गत हुनेछ ।

विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार नगदसहित क्राउन, ट्रफी, प्रमाणपत्र, गिफ्ट हृयाम्परलगायत पाउनेछन् । कार्यक्रमअन्तर्गत ३० विधामा सबटाइटल अवार्ड पनि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको कोरियोग्राफी मिस नेशनल विजेता समिता बज्राचार्यले गर्नुहुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार