छैटौं संस्करणको ‘जिनियस म्युजिक अवार्ड’ हुँदै

काठमाडौं,
साउन १३ ।

नेपाली संगीतको प्रवद्र्धन र स्रष्टाको सम्मानका लागि ‘छैटौं जिनियस म्युजिक अवार्ड-२०८१’ आगामी भदौमा आयोजना हुनेभएको छ । जिनियस डिजिटल म्युजिक प्रा.लि.ले स्थापना दशक पार गरेसँगै २०७६ सालदेखि नियमित रूपमा आयोजना गर्दै आएको यस अवार्ड कार्यक्रम यस वर्ष छैटौं संस्करणमा प्रवेश गर्न लागेको हो ।

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याएका एक विशिष्ट व्यक्तिलाई नगद राशीसहित दीर्घसाधना सम्मान (लाइफटाइम एचिभमेन्ट अवार्ड) प्रदान गरिने जिनियसका अध्यक्ष रमेश पाठकले जानकारी गराउनुभयो ।

सो अवार्डमा विभिन्न विधामा गीतसंगीत तथा सर्जकलाई सम्मान गरिनेछ भने स्रष्टा, कलाकार, पत्रकार, पर्यटन व्यवसायी र समाजसेवीलाई समेत विशेष सम्मान प्रदान गरिने उहाँले बताउनुभयो । कार्यक्रममा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक विविधता र मौलिकपन झल्किने विशेष प्रस्तुति रहने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार