चौथो प्रियसी सिल्भर म्युजिक अवार्ड २०२५ सम्पन्न

काठमाडौं,
साउन १२ ।

चौथो प्रियसी सिल्भर म्युजिक अवार्ड २०२५ सम्पन्न भएको छ । शुक्रबार राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा एक विशेष कार्यक्रमबीच स्रष्टा सर्जकलाई अवार्ड र सम्मान प्रदान गर्दै सम्पन्न भएको हो । म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बविता श्रेष्ठको सभापतित्वमा तथा संघीय सांसद तथा पूर्वमन्त्री अमरबहादुर थापाको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको थियो ।
सो अवसरमा वरिष्ठ नायक कृष्ण मल्ल, चलचित्र निर्माता एवं कलाकार राजेश बिशुराल, नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन दास श्रेष्ठ, वरिष्ठ गायक चन्द्र शर्मा, लोकप्रिय पत्रकार ऋषि थपलिया, निर्देशक रोशनकुमार श्रेष्ठ, कलाकार राकेश खड्का, पत्रकार अश्विनी झा, रिवन इन्टरटेन्टमेन्टका अध्यक्ष निशुकान्त झा, गायक शंकर लाल श्रेष्ठ, सह–कोषाध्यक्ष अमृत खाती लगायत थुप्रै विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

कार्यक्रमको निर्णायक मण्डलमा चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ प्रमुख निर्णायकका रूपमा रहनुभएको थियो भने सदस्यहरूमा निर्देशक दिवाकर भट्टराई, केशव कोइराला, नृत्य निर्देशक उमेश गुरुङ, निर्माता ध्रुव न्यौपाने, गायीका शान्तिकुमारी शाही, मोडल सञ्चिता शाही रहनुभएको थियो ।

समारोहमा पत्रकारिता तथा कला क्षेत्रका तीनजना पत्रकारहरू विशेष सम्मानबाट सम्मानित गरिएको थियो । कार्यक्रममा पत्रकार सम्मान : ऋषि थपलिया, कला पत्रकारिता सम्मान : गीता अधिकारी र गीतकार तथा पत्रकार सम्मान : सविता पोखरेललाई अर्पण गरिएको थियो ।

त्यसैगरी, मोडल, निर्देशक, गायकलगायत विभिन्न विधाका ३० जना कलाकारहरूलाई विभिन्न शीर्षकमा अवार्ड प्रदान गरिएको थियो । सम्मानित विशिष्ट कलाकारहरूमा बद्री थापा, मोडल आर्यन राउत, निर्देशक शिशिर बुढाथोकी, मोडल सुनिता खड्का, नवा थापा, सनम कठायत, कलम आचार्य, राजन चौलागाईं ‘खैराते’, नवराज ढकाल, विनोद सुनारलगायत रहनुभको थियो ।

समारोहमा आधुनिक गायक : ओम सुनार-‘मायाले सजाउला’, आधुनिक गायिका : एलिना चौहान-‘एक्लैपनि जिन्दगी’, लोकदोहोरी गायक : विशाल सोनी-‘मकै बारी दरयाम दरयाम’, लोकदोहोरी गायिका : सविना बुढामगर- ‘रातो फूल’, सर्वोत्कृष्ट शब्द : कमला थापा-‘कोशी सलल’, सर्वोत्कृष्ट लय : अर्जुन गहिरे-‘आधा मुटु’, म्युजिक भिडियो निर्देशक : रोशन दास-‘आफ्नै स्वार्थ’, दृश्य सम्पादक : विनोद बम-‘रूखैमा पाक्यो मेवा’, नवगायिका : आषिका पोखरेल-‘आधा मुटु’, नवमोडल (पुरुष) : श्याम सुनार-‘मेरो मन तिम्रै भो’, टेलिचलचित्र कलाकार : रश्मि पाण्डे-‘सकिगोनी’लाई अवार्ड प्रदान गरिएको थियो ।

यस्तै, नवमोडल (महिला) : एलिना भण्डारी-‘प्रेमको बदला’, आधुनिक मोडल (पुरुष) : सुशान्त ढकाल-‘तिम्रो माया’, आधुनिक मोडल (महिला) : मल्लिका राजोपाध्याय-‘कल्ले भन्यो’, बालकलाकार : चौलागाईं-‘चाहान्छु भाग-४’, भाषाभाषी मोडल : मुकेश गुरुङ, भाषाभाषी गायक : रत्नदीप चौधरी-‘नथिया वाली’, लोकपप गायक : महेन्द्रराज बराल- ‘फुल रसैले’, पप डान्सिङ गायक : सञ्जीव सिंह राना-‘तिम्रो प्रोफाइल, लोक आधुनिक शब्द : कृष्णमाया भण्डारी-‘मनै भरिन्छ’, जुरी अवार्ड (निर्देशक) : दिनेश ठकुला-‘रूने गरायो’, आधुनिक संगीतकार : रोसन सिंह-‘मेरो भाग्यमा नलेखेको मान्छे’, नृत्य निर्देशक : नितिन वाइवा-‘जाउँ कान्छि रेलइमा’, लोकदोहोरी मोडल (महिला) : गीता ढुगांन-‘मौरी रसैमा’, पब्लिक च्वाइस अवार्ड : जुना एस.डी-‘जिन्दगानी के छ र’, जुरी अवार्ड (नृत्य) : सुरेन्द्र बसेल, जुरी अवार्ड (बालकलाकार) : श्रृष्टि खड्गी, काठे भाका : श्यामप्रसाद तिमल्सिनालाई अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति साथै लोक, पप, आधुनिक, भाषाभाषी र बालकलाकार वर्गमा विशेष सांगीतिक र सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन लोकप्रिय गायिका तथा उद्घोषिका शीतल शर्माले गर्नुएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार