यस्तो छ ‘मोहर’ को ट्रेलर

काठमाडौं,
साउन १० ।

यही साउन २३ गतेदेखि सिनेमघरमा आउन लागेको चलचित्र ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ट्रेलरमा सस्पेन्स, थ्रीलरका साथमा प्रेम, विछोड तथा बदलाको कथालाई समेटिएको छ । फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ ।

चुम्बन जंग शाही निर्माता रहनुभएको चलचित्र ‘मोहर’ को ट्रेलर मुख्यतया अभिनेता पल शाह, अभिनेत्रीद्वय बेनिशा हमाल र नीति शाहका साथमा कलाकारहरू लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल-कलाकार सारा शर्माको वरिपरि घुमेको छ । देउकी प्रथालाई मुख्य विषयवस्तु बनाइएको चलचित्रको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा तथा नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको देखिन्छ ।

एउटी बालिकालाई देउकी चढाउने विषयबाट उठान भएको चलचित्रको ट्रेलर थुप्रै उतारचढावबीच अगाडि बढेको छ । ट्रेलरले दर्शकलाई चलचित्रप्रतिको चासो बढाउने देखिन्छ ।

दुई गीत तथा टीजर चर्चामा रहेको समयमा ट्रेलरले अझै कौतुहलता र चासो बढाउने पक्का छ । यो चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर, दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ । यो चलचित्रको ट्रेलरलाई साहिल खानले तयार पार्नुभएको हो ।

रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा कुमार महर्जनको एक्सन छ । चलचित्रको शीर्षक अनुसार, ट्रेलरमा ‘मोहर’को महत्व र आवश्यकतालाई पनि झल्काइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार