‘गोबर गणेश’ निर्माणको घोषणा

काठमाडौं,
असार १८ ।

चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । कलाकार र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गर्नुभएको हो । ‘गोबर गणेश’लाई मरिचमानले निर्देशन गर्नुहुनेछ । मरिचमानको यो डेब्यु निर्देशन हुनेछ ।

चलचित्रको मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी हुनुहुन्छ । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु)लगायत रहनुभएको छ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्र माघ १ गते रिलिज हुनेछ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बन्नुभएका मरिचमान आफैं टेलिचलचित्र निर्देशनमा आउनुभएको थियो । उहाँका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ रहेक छन् ।

यसमा तपाइको मत

अन्य समाचार