‘भीमफेदीया’को ‘जिन्दगीको के भरोसा’ सार्वजनिक

काठमाडौं,
असार ८ ।

सर्जक सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को शब्द तथा संगीतकार नरहरि प्रेमीको संगीत र अपेक्षा खनालको स्वर रहेको गीत ‘जिन्दगीको के भरोसा’ सार्वजनिक भएको छ । अनामनगरको डालो रेष्टुरेण्टमा एक विशेष कार्यक्रमबीच साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व र गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाको प्रमुख आतिथ्यतमा उक्त गीत लोकार्पण गरिएको हो ।

कार्यक्रममा स्रष्टा सुभाषचन्द्रलाई अध्यक्ष लेकाली, प्रमुख अतिथि वसन्त र वरिष्ठ साहित्यकार महेश प्रसाईंले टोपी, माला र पुष्पवृष्टि गरी सम्मान गर्नुभएको थियो । लोकार्पित एल्बमबारे श्रीरामसिहं बस्नेतले समीक्षा गर्नुभएको थियो भने गीतका संगीतकार नरहरि प्रेमी र गायिका अपेक्षा खनालले गीतबारे आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि थापा र गीतकार ‘भीमफेदीया’ले लोकार्पित गीतबारे आ–आफ्नो मन्तव्य राख्दै नेपाली गीतको अवस्था, प्रतिलिपी अधिकार र रोयल्टी संकलनको अवस्थाबारे बोल्नुभएको थियो ।

कवि मुरारी सिग्देलले सहजीकरण गरेको सो कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईं, कथाकार एवं शब्दपथका प्रधानसम्पादक किशोर पहाडी, प्राडा.गोविन्दमान सिंह कार्की, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, पत्रकार एवं कथाकार श्रीराम सिंह बस्नेत, साहित्यकारहरू विजयध्वज थापा, युवराज मैनाली, ठाकुर शर्मा भण्डारी, सन्तोष श्रेष्ठ, जयराम विडारी, मञ्जिला अनिल, उषा केसी, गंगाप्रसाद भेटवाल, प्रतीक घिमिरे, नवराज पराजुली, बन्दना पौडेल, मोहन पोखरेललगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार