काठमाडौं,
असार ७ ।
तुलसी शिवाकोटी र बेनिशा पौडेलको स्वरमा रहेको गीत ‘अन्त नसरे’ सार्वजनिक भएको छ । कर्णबाघ प्रोडक्सनको पहिलो प्रस्तुति रहेको गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको गीत सार्वजनिक कार्यक्रममा सांसदहरू ज्ञानेन्द्रबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।
दीपक शर्माको शब्द, संगीत रहेको गीतमा नरेन्द्र वियोगीको एरेन्ज छ । विनोद शाहीले निर्देशन गर्नुभएको गीतको भिडियोमा विनोद र दीपा शाहीको अभिनय छ ।
भूपेन्द्र थापामगरको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।






