काठमाडौं,
जेठ २३ ।
साउन २३ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको पोष्टरले पल शाह दोहोरो भूमिकामा रहेको संकेत गरेको छ । पल नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाधिनुभएको छ । सोही पोष्टरमा छोटो कपालमा देखिनुभएका पल नायिका नीति शाहको अंगालोमा हुनुहुन्छ । यसले चलचित्रमा पल दोहोरो भूमिकामा रहेको संकेत गरेको छ । यद्यपि, यसबारे निर्माणपक्षले केही खुलाएको छैन ।
चुम्बनजंग शाहीको निर्माणमा तयार भएको चलचित्रमा पल, वेनिशा र नीतिसँगै अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ । दीपेन बस्न्यातको छायांकन रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।






