नेपाल म्युजिक एण्ड फेशन अवार्डको नयाँ संस्करण सम्पन्न

काठमाडौं,
जेठ १९ ।

पाँचौं संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्ड सम्पन्न भएको छ । फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै पाँचौं संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२४’ काठमाडौंमा सम्पन्न भएको हो । समारोहमा अग्रज गायिका मीरा राणालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । तर, स्वस्थ्य समास्याका कारण उहाँ कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।

समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संगीतकार दीपक शर्मालाई दशकको संगीत सम्मानसहित विभिन्न स्रष्टालाई सम्मान अर्पण गर्नुभएको थियो । कार्यक्रममा चलचित्र निर्माता रौनकविक्रम कँडेल, चलचित्र फोटो पत्रकार कुबेर डंगोल, फोटोपत्रकार बद्री थापा, गायक डेविड शंकर, नृत्य निर्देशक प्रदीपकुमार रसाइली, युवा उद्यमीद्वय नवराज पाण्डे र कपुर साउदलाई पनि सम्मान गरिएको थियो ।

समारोहमा फेशन र मोडलिङतर्फ उत्कृष्ट फेशन डिजाइनर अफ दि इयरको अवार्ड पटुकी फेशनबाट सञ्जिता बराल, फेशन डिजाईनको जुरी अवार्ड काजल शर्मा, फेशन मोडल अफ दि इयरको अवार्ड दिक्पाल कार्की, फेशन कोरियोग्राफर अफ दि इयरको अवार्ड अश्विनी कान्त झा, मेक आर्टिष्ट अफ दि इयरको अवार्ड टेकराज पाण्डे, इभेन्ट म्यानेजर अफ दि इयरको अवार्ड सम्राटप्रसाद शाह, वेष्ट डान्स कोरीयोग्राफर (पेजेन्ट)को अवार्ड सन्दीप भुजेल र वेष्ट पेजेन्ट डिरेक्टर अफ दि इयर अवार्ड निशु कान्त झालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा आधुनिक गीततर्फ उत्कृष्ट गायकको अवार्ड ‘मायाले सजाउँला’बाट ओम सुनार, गायिकाको अवार्ड ‘यो दिलको पाइलट’बाट स्वती भट्ट, गीतकारको अवार्ड ‘मलाई तिमी मन पर्‍यो’बाट हंसराज जोशीलाई प्रदान गरिएको थियो । यस्तै, म्युजिक भिडियो महिला मोडलको अवार्ड ‘हे गोरी’बाट मल्लिका राजोपाध्याय, महिलाको जुरी अवार्ड शिला गजुरेलले र पुरुष मोडलको अवार्ड ‘तप तप पानी’बाट दिलीप ओखेडाले प्राप्त गर्नुभएको थियो ।

यस्तै म्युजिक भिडियो मेकअप अवार्डमा ‘नगर दोमन’बाट मनिषा श्रेष्ठ (कमला), कोरियोग्राफी (स्टेज प्रस्तुति)को अवार्ड ‘माया भन्दा ठूलो’बाट केशव कोइरालाले प्राप्त गर्नुभएको थियो । त्यस्तै नेपाल भाषातर्फ गायनको अवार्ड ‘छँगु मतिनाया आशय’बाट राजकुमार मानन्धर र ‘मुसुहुँ न्हिला’बाट सुनिल चित्रकार जुरी अवार्ड प्राप्त गर्नुभएको थियो ।

लोकगीततर्फ लोक गीत गायनको अवार्ड ‘हरि भजन’बाट शान्तीकुमारी शाही, लोक दोहोरीकै जुरी अवार्ड ‘ओए सोल्टिनी’बाट आयुमी तामाङ, लोक दोहोरी गायकको अवार्ड ‘बालेनको शहर’बाट चन्द्र शर्मा, लोक दोहोरी गायिकाको अवार्ड ‘माया पिरतीको गाउँ’बाट नम्रता खरेल, लोक दोहोरी गीत रचनाको अवार्ड ‘छोड सताउन’बाट डब्बु क्षेत्री, लोकदोहोरी म्युजिक भिडियो पुरुष मोडलको अवार्ड ‘पानको पात’बाट पल शाहले, महिला मोडलको अवार्ड ‘यो दुनियाँ त बेग्लै’बाट जुना कार्की, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड ‘एक नम्बरी सुन’बाट रबिता मगरले प्राप्त गर्नुभएको थियो ।

यस्तै, चलचित्रतर्फ गीतकारको अवार्ड ‘न मेटिएको घाउ’को ‘बाहिरी पीडाले भन्दा’बाट बिकाश बिष्ट, चलचित्र संगीतकारको अवार्ड ‘एक्टर वान टेक’ चलचित्रको ‘के भरोसा गरम’बाट हर्कुलस बस्नेतले हाँसिल गर्नुभएको थियो ।

सरिता भारतीको संयोजन एवं बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न समारोहमा गायक डेविड शंकर, ओम सुनार, रमेश पठकले आफ्ना चर्चित गीतबाट कार्यक्रममा रौनक बढाउनुभएको थियो । आयोजक : स्टार वान इन्टर टेनेमेन्ट प्रालिद्वारा आयोजित सो कार्यक्रमको निर्णयकमा निर्देशक दिवाकर भट्टराई, उमेश गुरुङ, चलचित्र निर्माता ध्रुबप्रसाद न्यौपाने, नृत्यांगना एलिजिबा पुन मगर, गायकहरू चेतन राई, रमेश पाठक, हेमन्त शिशिर, महेन्द्रराज बराल र म्युजिक भिडियो निर्देशक केशवराज भट्ट रहनुभएको थियो । तस्वीर : बद्री थापा

यसमा तपाइको मत

अन्य समाचार