काठमाडौं,
जेठ ११ ।
रंगपत्रकार भोला अधिकारीको शब्द रचनामा ‘गैदिउँ भागेर’बोलको पूर्वेली गीत सार्वजनिक भएको छ । अर्जुन घिमिरे र बिन्दु परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । रविन अधिकारीको लय रहेको गीतमा पूर्वको ओखलढुङ्गा, पोकली झरना, उदयपुर, सप्तकोशीदेखि धनकुटासम्मका सेरोफेरो शब्द समेटिएका छन् ।
गीतकार अधिकारीले माया प्रेमका भावमा प्रकृति र ठाउँ विशेषलाई गीतको शब्दमा उन्नुभएको छ । गीतको भिडियोमा गायक घिमिरेकै अभिनय देख्न सकिन्छ । उहाँलाई गीतु पराजुली र सन्तोष बराईली अभिनयमा साथ दिनुभएको छ ।
केबी भण्डारीको एरेन्ज गरेको यो गीतको भिडियोमा दीपेश एसकेको कोरियोग्राफी तथा निर्देशन छ । प्रेम लामाले खिचेको भिडियोमा टेकेन्द्र शाहको दृश्य सम्पादन छ ।
यसअघि भोलाका ‘पूर्वै मोरङको’,‘ रुमाल फाटिगो’लगायत एक दर्जन गीत सार्वजनिक भइसकेका छन् ।






