‘तिम्रो स्पर्शले’मा राज टाइगर र प्रतिक्षा (भिडियोसहित)

काठमाडौं,
वैशाख ८ ।

नारायण थापा र बेनिशा पौडेलको स्वरमा रहेको गीत ‘तिम्रो स्पर्शले’ बोलको गीत सार्वजनिक भएको छ । सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको शब्द, गायक नारायणकै संगीत र पुष्कर सुनुवारको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र प्रतिक्षा काफ्लेको अभिनय छ । जी मिडिया कनेक्सन युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन छ । कुलेखानी लगायतका आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियोमा एक प्रेम जोडीको माया प्रेम देखाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार