काठमाडौं,
चैत २९ ।
वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका अक्सन इन्टरनेशनल प्रा.लि. का अध्यक्ष एवम् सफल ब्यावसायी ईश्वर सापकोटाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे निर्वाचनमा सचिव पदमा स्वतन्त्र उम्मेद्धवारी घोषणा गरेपछि उनको चर्चा चलेको छ । ब्याबसायीमाझ लोकप्रिय रहेका सापकोटासँगै सचिवमा अनिल बोगटी र कुन्छा दोर्जे डिम्दोङ्गले उम्मेदवारी दिएका छन् । संघको नेतृत्वका लागि सफल व्यवसायी सापकोटाले व्यवसायीक हकहितमा काम गर्नका लागि स्वतन्त्र रुपमा सचिव पदमा उम्मेद्धवारी घोषणा गरेका छन् ।
संघको नेतृत्वमा जानेहरूले ब्यावसायिक हकहितमा कार्य नगरेका कारण चित्त नबुझेर सक्षम र स्वतन्त्र व्यवसायीले नेतृत्व गर्नुपर्छ भन्दै सचिव पदमा उम्मेद्धवारी बताउँदै उनले आफूलाई मत दिएर बिजयी गराउन सबै ब्याबसायीलाई अनुरोध गरेका छन् । वैदेशिक रोजगारलाई सम्मानित, मर्यादित र व्यवस्थित बनाउने मान्यता बोकेर संघको नेतृत्व गर्नका लागि अघि बढेको सापकोटाले बताए । व्यवसायीहरू मध्येबाट स्वतन्त्र छविका रुपमा परिचित सापकोटाकोे उम्मेद्धवारी घोषणासँगै स्वतन्त्र रुपमा लागेका व्यवसायी तथा अहिले नेतृत्वका लागि भएको तालमेलप्रति चित्त नबुझाएका धेरै व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।
सापकोटाले संघको नेतृत्वमा आएपछि वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्ने, वैदेशिक रोजगारमा कुनै पनि सिन्डिकेट लागू हुन नदिने, नयाँ आकर्षक गन्तव्यको खोजीमा लाग्ने, जापानमा रोजगार मेला आयोजना गर्ने, युरोपलगाएतका देशमा रोजगार मेला आयोजना गर्ने, संस्थागत वैदेशिक रोजगारलाई बढुवा दिने र स्वतन्त्र रुपमा व्यवसाय गर्नेहरूलाई उच्च सम्मानका साथ सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
व्यवसायी सापकोटाले विगत १७ वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा लागेर नेपाली श्रमिकहरूलाई सुरक्षित र आकर्षक गन्तव्यमा पठाइरहेका छन् । उनले जापान र युरोपका विभिन्न देशमा नेपाली कामदारलाई पठाउदै आएका छन् । संघका पूर्व अध्यक्ष बिष्णु गैरेका पार्ट्नर सापकोटाले आफुसँग यस ब्याबसायमा आमूल परिवर्तन गर्ने आधारहरू भएकै कारण सचीवमा उम्मेदवारी दिएको दावी गरे । निःशुल्क जापानिज भाषा सिकाएर हालसम्म करिब दुई हजार नेपालीलाई जापान पठाइसकेका सापकोटा अक्सन इन्टरनेशनल प्रा.लि. का अध्यक्ष र जापानका सफल ब्याबसायी हुन ।
मेनपावर व्यवसायीहरूको आफ्नै प्रशासनिक भवन हुनुपर्छ भन्ने मान्यता राख्ने सापकोटाले भवन खरिदका लागि अधिकतम आर्थिक सहयोगसमेत गरेका थिए । उनले भवन खरिदका लागि ११ लाख ५५ हजार ५५५ संघलाई सहयोग गरेका थिए । उनको यो सहयोगलाई ब्याबसायीहरूले उच्च मुल्यांकन गरेका छन् ।






