नेपाल प्रहरीको आईजीपीमा दीपक थापा नियुक्त

काठमाडौं,
चैत ४ ।

मन्त्रिपरिषद्को आज (सोमबार)को बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गर्नुभएका दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आइजीपीका दावेदार हुनुहुन्थ्यो । तर, पहिलो नम्बरमा पर्नुभएका थापालाई सरकारले आईजीपी नियुक्त गरेको हो । हालका महानिरीक्षक वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अवकासमा जाँदै हुनुहुन्छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार