ओम प्रतीकको ‘मोहर’‌को इण्डक्ल्याप

काठमाडौं,
चैत १ ।

ओम प्रतीकको निर्देशन रहेको चलचित्र ‘मोहर’‌को इण्डक्ल्याप गरिएको छ । फिल्म मेर्कर्स प्रालि.को ब्यानरमा निर्माण भइरहेको चुम्बन जङ्ग शाहीको चलचित्र ‘मोहर’ को छायांकन सम्पन्न भएको हो । गत माघ १४ गतेदेखि छायांकन प्रारम्भ भएको यो चलचित्रको गीतको छायांकन बाँकी राख्दै इण्डक्ल्याक गरिएको निर्देशक प्रतीकले जानकारी दिनुभयो ।

निर्देशक प्रतीकका अनुसार दाङ, अर्घाखाँची, प्युठान तथा रोल्पामा चलचित्रको छायांकन गरेर चलचित्रको यूनिट काठमाडौं फर्किएको हो । यो चलचित्रमा पल शाह, नीति शाह, अर्जुन जङ्ग शाही, बेनिसा हमाल, मिथिला शर्मा, लक्ष्मी गिरी, रबिन्द्र झा, सुशील देवकोटा लगायत कलाकारको अभिनय छ ।

दिपेन बस्नेतको छायांकन, कुमार महर्जनको द्वन्द्व, सुरेश अधिकारी र एसडी योगीको संगीत तथा प्रमोद ढुङ्गना र हर्क साउदको गीत रहेको यो चलचित्रको प्रोडक्सन डिजाइन लक्ष्मण राज पौडेल हुनुहुन्छ । यो चलचित्रको प्रदर्शन २०८२ सालको तीजको छेकोमा गरिने लक्ष्य राखिएको निर्देशक प्रतीकले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार