काठमाडौं,
फागुन ९ ।
हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस भोग नेपाल-२०२५’ को उपाधि सुमी मल्लले जित्नुभएको छ । बुधवार अबेर राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल-२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जित्नुभएको हो । प्रतियोगितामा रुथ सिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल हुनुभयो ।
समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरूले भाग लिएका प्रतियोगितामा सञ्जु श्रेष्ठले फर्स्ट रनर्सअप, प्रिया खड्गीले सेकेण्ड रनर्सअप तथा स्वेता बज्राचार्यले थर्ड रनर्सअपको उपाधि जित्नुभयो । विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरूले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका थिए ।
झण्डै दुई महिना लामो प्रशिक्षणपछि सहभागिहरू ग्राण्ड फिनालेमा प्रस्तुत भएका थिए । आकर्षक साज–सज्जा तथा प्रकाश संयोजनसहितको र्याम्पमा प्रारम्भ भएको प्रतियोगिताको पहिलो चरणमा प्रतियोगिताको तयारी क्रममा गरिएका सम्पूर्ण गतिविधिहरू समेटिएको भिडियो अर्थात जर्नी भिडियो प्रस्तुत गरियोएको थियो । भिडियोमा प्रतिस्पर्धिहरूको यात्रा तथा मिसेस भोग नेपालका विभिन्न अभियानहरू समेटिएको थियो ।
प्रतियोगिताको पहिलो सिक्वेन्स ‘कल्चरल राउण्ड’ मा प्रतिस्पर्धिहरूले विभिन्न संस्कृति झल्किने पहिरनमा प्रस्तुत भएर आफ्नो परिचय दिएका थिए । लोसिना शाक्यको नृत्य प्रस्तुतिसँगै अघि बढेको प्रतियोगिताको दोस्रो सिक्वेन्स मुकु सिक्वेन्स तथा इनोरा सिक्वेन्समा प्रतिस्पर्धिहरूले आफूलाई विभिन्न हाउभाउमा प्रस्तुत गर्नुभएको थियो ।
राहुल श्रेष्ठको गायनमार्फत अघि बढेको प्रतियोगिताको चौथो ‘लेट्स ड्रेस यूकेटिएम’ सिक्वेन्समा सबै प्रतिस्पर्धिेहरूले आकर्षक पहिरनहरू प्रस्तुत गरेका गर्नुभएको थियो । आरजू क्लोथिङ सिक्वेन्समा पनि प्रतिस्पर्धिहरूले उक्त ब्राण्डका पहिरनहरू प्रदर्शन गरेका थिए । त्यसपछिको ‘प्रेटी ओमन सिक्वेन्स’ मा प्रतिस्पर्धिहरू स्टाइलिस शैलीमा प्रस्तुत भएका थिए ।
त्यसपछि स्टेजमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मायाबी’ का अभिनेता समिम खान, अभिनेत्री दीपिका प्रसाईं तथा निर्माता ध्रुव न्यौपाने प्रस्तुत भएर चलचित्रको गीत तथा ट्रेलर प्रदर्शन गर्दै उपस्थित दर्शकलाई चलचित्रका बारेमा जानकारी गराउनुभएको थियो ।
हाउस अफ फेसन मोडल रनवे अन्तर्गत कोरियन ब्यूटी प्वान्टका उत्पादनहरू प्रदर्शन गरिएको थियो भने ‘पाम्पाज कटियर सिक्वेन्स’ मा सबै प्रतिस्पर्धिहरू आकर्षक रनवेमा सहभागि भएका थिए । त्यसपछि उत्कृष्ट १०, उत्कृष्ट सात हुँदै निर्णायक चरणका लागि उत्कृष्ट पाँच जना प्रतिस्पर्धिको घोषणा गरिएको थियो । उत्कृष्ट पाँचबीचका अन्तिम प्रतिस्पर्धापछि विजेताको घोषणा गरिएको थियो ।
मिसेस भोग नेपाल २०२५ मा सुमी मल्ल, सरिता डंगोल, रुथ सिवाकोटी, रेनु सुर्खेती, मोनिका नापित, इन्दिरा बस्नेत, जयत्री तामाङ, रञ्जना बम, ज्योती कार्की, अर्चना चौधरी, कोरोना घिमिरे रञ्जित, प्रिया खड्गी, शर्मिला गिरी, बिनिसा थापा, स्वेता बज्राचार्य, सीमा भूर्तेल तथा सञ्जु श्रेष्ठले प्रतिस्पर्धा गर्नुभएको थियो ।
आयोजक संस्था हाउस अफ फेसनकी संस्थापक ओशिमा बानु, सिइओ सञ्जिव तुलाधर, प्रवन्ध निर्देशक वासिम मलिक तथा हाउस अफ फेसन नेल्स स्टुडियो एण्ड बाइट्सका प्रवन्ध निर्देशक निग्मा जिमी शेर्पाले ‘मिसेस भोग नेपाल २०२५’ को ग्राण्ड फिनाले सम्पन्न भएको प्रतिक्रिया दिनुभएको थियो ।






