काठमाडौं,
फागुन १ ।
चलचित्र ‘सोल्टिनी’ को छायांकन समापन गरिएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा यो चलचित्रको छायांकन समापन गरिएको हो ।
भोजपुरको अन्नपूर्ण गाउँमा भएको यसको ‘इन्डक्ल्याप’ दृश्यमा कलाकारहरू परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गर्नुभएको थियो ।
निर्देशक अर्जुन सुवेदीले चलचित्र ‘सोल्टिनी’को छायांकन समयमै सकिनुको मुख्यकारण पूर्वतयारी रहेको जानकारी दिनुभयो । अब, ‘सोल्टिनी’को सम्पादन प्रक्रियामा टिम प्रवेश गर्नेछ । निर्देशक सुवेदीले दर्शकलाई फरक स्वादको कथासँग जोड्न चलचित्रले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने उहाँको भनाइ छ ।
चलचित्रमा प्रकाश सपुत, विल्सनविक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनदेखि सिनेमाघरमा आउने मिति तय गरेको छ ।






