म्युजिक भिडियो समाजको साधारणसभा र वनभोज

काठमाडौं,
माघ २८ ।

काठमाडौं । म्युजिक भिडियो निर्देशकहरूको संस्था नेपाल म्युजिक भिडियो निर्देशक समाजको तेस्रो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो भने प्रथम उपाध्यक्ष डि.आर सुजनको संयोजकत्वमा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।

टोखा नगरपालिकामा अवस्थित भुतखेल सामुदायिक वनमा करिब १५० भन्दा बढी कलाप्रेमी व्यक्तिहरूको उपस्थितिमा उक्त वनभोज कार्यक्रम सम्पन्न भएको थियो । ख्यातिप्राप्त कलाकार, निर्देशक, समाजसेवी, पत्रकारको उपस्थिति रहेको उक्त वनभोज कार्यक्रम यस संस्थाले पहिलोपटक आयोजना गरेको हो । वनभोज कार्यक्रममा कलाकारले आ–आफ्नो सांगीतिक प्रस्तुति दिएर थप मनोरञ्जन प्रदान गरेका भने हाँडी फुटाईलगायत खेल खेलाइएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार