काठमाडौं,
माघ २४ ।
‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जित्नुभएको छ । ललितपुरमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उहाँले उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । प्रतियोगीतामा ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र ‘मिस युनिभर्स सुपरस्टार’ (ग्लोबल)को उपाधि सुनिमा श्रेष्ठ (नेवार) एवं ‘मिसेस युनिभर्स सुपरस्टार’ उमा श्रेष्ठले प्राप्त गर्नुभएको थियो ।
स्मार्ट गफ एपको आयोजनामा भएको प्रतियोगितामा अर्गनाइज च्वाइसको उपाधि रुथ पाखरिन, पब्लिक च्वाइसको उपाधि कुराना स्याग्ताङ, शर्मिला श्रेष्ठ र अमृता गिरीले जित्नुभएको थियो ।
रोजिन शाक्यको कोरियोग्राफी, रमेशजंग शाही कार्यक्रम निर्देशक रहेको प्रतियोगिता युवा, युवतीदेखि विवाहित महिलासम्मको प्रतिभा निखार्ने उद्देश्यले आयोजना भएको कार्यक्रम आयोजक प्रमिला सिलवालले बताउनुभयो ।
अभिनेत्री रेखा थापा (नेपाल), उज्वोल रे (अमेरिका), सञ्जय रौनियार (भारत), फन किम ओआन (भियतनाम) रे अल्भारेज (कोलम्बिया) र पौयल प्रमणिक (भारत) प्रतियोगीताको निर्णायकमा रहनुभएको थियो ।
प्रतियोगितामा ड्रेस डिजाइनमा समिक्षा लामिछाने, दुर्गा विष्ट, रुवि पौडेल, सजिना विष्ट, शर्मिष्ठा श्रेष्ठ, अनिता खत्री, मेकअप रोजिना सुवाल र टिमको रहेको थियो । सबै विजेता आगामी जुलाई २८ मा अमेरिकाको फ्लोरिडामा आयोजना हुने ‘मिस एण्ड मिस टिन युनिभर्सल ग्लोबल’मा सहभागीता जनाउनेछन् ।






