‘वरिष्ठ बलराम’मा दयाहाङ र विजय बराल

काठमाडौं,
माघ २२ ।

चर्चित सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गर्नुभएको छ । वसन्त पञ्चमीको अवसरमा उहाँले चलचित्र घोषणा गर्नुभएको हो ।

महेश दवाडीले लेखेको पटकथामा दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहनेछ । अन्य कलाकारहरूको छनोट भइरहेको र जसको घोषणा चाँडै हुने बताइएको छ ।

फागुनको पहिलो साताबाट छायांकन सुरु हुने जनाइएको यो चलचित्र २०८२ सालमा रिलिजको लक्ष्य राखिएको छ । वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको टिजरमार्फत थप जानकारी सार्वजनिक गरिने बताइएको छ ।

पौडेलले यसअघि ‘आभास’, ‘कृ’ र ‘बाबरी’ जस्ता चलचित्रहरू निर्देशन गरिसक्नुभएको छ भने ‘मेरो एउटा साथी छ’बाट सम्पादन यात्रा थाल्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार