धनवीर थापाको ‘राहदानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस २७ ।

गीतकार धनवीर थापाको नयाँ गीत ‘राहदानी’ सार्वजनिक भएको छ । मिलन नेवारको स्वर, राजकुमार बगरको संगीत/रेकर्डिङ/मास्टरिङ र कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुव्रत आचार्यको निर्देशन रहेको गीतको भिडियोमा रोशनी कार्की, अलिश खनाल, बाल कलाकार दियन गौतम र एञ्जल खनाललगायतका कलाकारको अभिनय छ । सविना गुरुङको मेकअप, उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन छ ।

दीपेन्द्र गौतमको निर्माण व्यवस्थापन रहेको भिडियोको निर्माता वसन्त वित्यासी थापा हुनुहुन्छ । भिडियो भकारी एमडिसीको युट्युब च्यानल बेष्ट टोन म्युजिकमार्फत् सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार