काठमाडौं,
पुस २४ ।
अनेसास अफ्रिका महादेश च्याप्टरको ‘किलिमन्जारो-२’ अंकको लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच नेपाल प्रज्ञा-प्रतिष्ठानको सभा हलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास अफ्रिका महादेशीय च्याप्टरको आयोजना तथा अनेसास नेपाल च्याप्टरको सह आयोजनामा अनेसास अफ्रिका महादेशीय च्याप्टरको साहित्यिक प्रकाशन किलिमन्जारोको दोस्रो अंकको लोकार्पण गरिएको हो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई रहनुभएको थियो ।
अनेसास अफ्रिका महोदेशीय च्याप्टरकी कोषाध्यक्ष तिर्सना कोइरालाले मन्तव्यमार्फत स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि कुलपति भूपाल राई, विशिष्ट अतिथि तथा कार्यक्रमका मुख्य वक्ता प्राडा. गोविन्दराज भट्टराई, विशेष अतिथिहरुमा अनेसास केन्द्रीय सल्लाहकार हिक्मत थापा, अनेसास केन्द्रीय उपाध्यक्ष (अफ्रिका) गणेश खड्का, उपाध्यक्ष (एशिया) सरिता अर्याल, अनेसास केन्द्रीय सल्लाहकार लीला लुइटेल, अनेसास अनेसास केन्द्रीय सदस्य सुमन वर्षा, अनेसास नेपाल च्याप्टरका सल्लाहकार रामप्रसाद दाहाल, कवि श्रवण मुकारुङलगायत मञ्चासिन व्यक्तित्वहरुद्वारा किलिमन्जारो अंक दुईको लोकार्पण गरिएको थियो ।
त्यसैगरी विशेष अतिथि अनेसास पुरस्कार समितिका निवर्तमान अध्यक्ष तथा अनेसास सर्वोत्कृष्ट पुरस्कारदाता प्राध्यापक डा. गोपी उप्रेती, अनेसासका निवर्तमान उपाध्यक्ष (एशिया)का डा. रेणुका सोलु, वरिष्ठ संगीतकार महेश खड्का, अनेसास दर्पणका कार्यकारी सम्पादक तथा किलिमन्जारो २ का अतिथि सम्पादक रमेश दाहाललगायत अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मन्जिला शर्मा, निर्मलरमण पराजुली, महासचिव रञ्जना निरौला, सदस्य शान्ति रिसाललगायत नेपाल च्याप्टरका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो ।
त्यसैगरी कार्यक्रममा अनेसास निवर्तमान कोषाध्यक्ष किशोर श्रेष्ठ, अनेसास अफ्रिका च्याप्टरका कोषाध्यक्ष तिर्सना कोइराला, अनेसास पोर्चुगल च्याप्टरका महासचिव एनबी अन्जान, कलाकार जेबी डिसी, साहित्यकारहरू गीता नेपाल, हरिश कल्पित, राजरजक लगायतका साहित्यकारहरुको उल्लेख्य उपस्थिति थियो ।
अनेसास नेपाल च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले सञ्चालन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि प्राध्यापक गोविन्दराज भट्टराईले अफ्रिकाजस्तो महादेशमा अनेसासको प्रवेशको विषय तथा किलिमन्जारो पुस्तकका विषयमा प्रकाश पार्नुभएको थियो ।
अनेसासका केन्द्रीय उपाध्यक्ष तथा किलिमन्जारोका संस्थापक एवम् प्रधान सम्पादक तथा अनेसास अफ्रिका च्याप्टरका संस्थापक अध्यक्षसमेत रहनुभएका गणेश खड्काले अफ्रिका महादेशीय च्याप्टर गठनको अवस्थादेखि किलिमन्जारोको प्रकाशनको सुरुवातदेखि हालसम्मको अवस्थाका साथै आइपरेका दुःखसुखका विषयमा चर्चा गर्नुभएको थियो ।
प्रमुख अतिथि कुलपति राईले अफ्रिका महादेशलाई कालो महादेश भनिए पनि त्यस्तो नभएको कुरा व्यक्त गर्दै अफ्रिका महादेशका बारेमा र प्रधान सम्पादक गणेश खड्कालगायत च्याप्टरका पदाधिकारी तथा सदस्यहरूले गरेको कार्यका प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा अफ्रिका महोदशीय च्याप्टरले गरेका गतिविधिको प्रशंसा गर्दै किलिमन्जारो अंक २ को सफलताका लागि वरिष्ठ कवि श्रवण मुकारुङ, सल्लाहकार लीला लुइटेल नि. उपाध्यक्ष डा. रेनुका सोलु, उपाध्यक्ष सरिता अर्याल आदिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका सभापति तथा नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले अफ्रिका महादेशीय च्याप्टर र किलिमन्जारो साहित्यिक पत्रिका एकअर्काका परिपूरक भएको र किलिमन्जारोविना अफ्रिकाको अस्तित्व नभएजस्तै किलिमन्जारो साहित्यिक पत्रिकाविना अफ्रिका च्याप्टर पनि अपूरो हुने कुरा बताउँदै यस प्रकाशनको निरन्तरताको शुभकामना व्यक्त गर्नुभएको थियो ।






