‘भ्वाइस अफ नेपाल’को नयाँ संस्करण माघ ४ देखि

काठमाडौं,
पुस २४ ।

सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन आगामी माघ ४ गतेदेखि प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजनबाट आउने यो शो साँझ आठ बजे टेलिभिजनमा र साढे आठ बजे युट्युब च्यानलमा हेर्न सकिने जनाइएको छ ।

यस सिजनमा कोचहरूमा केही परिवर्तन गरिएको छ । लोकप्रिय लोकदोहोरी गायक खेम सेञ्चुरी र लोकप्रिय गायिका मेलिना राई यस सिजनमा नयाँ कोचका रूपमा आबद्ध हुनुभएको छ ।

यसअघि पनि कोचको भूमिका निर्वाह गरिसक्नुभएका राजु लामा र उदय सोताङले यस सिजनमा पनि प्रतिभाशाली प्रतिस्पर्धीलाई मार्गदर्शन गर्नुहुनेछ । ब्लाइन्ड अडिशनमा ६१ जना प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रदर्शन गर्दै दर्शक र कोचहरूको मन जित्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार