काठमाडौं,
पुस १८ ।
विश्वमणी घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतना मूलक टेलिशृंखला ‘गाउँफर्क’को टाइटल गीत सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ तथा टोपी दिवसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा मोहन निरौला, सुवास गजुरेल, उत्तम केसी, सुभेक्षा थापालगायतलाई देख्न सकिन्छ ।
यस्तै गीतमा कलाकारहरू मुकुन्द मैनाली, मनमाया कटवाल, लक्ष्मीनाथ तिम्सिना, अशोक सिवाकोटी, अस्मिता बस्नेत, आशा भुसाल, इच्छा सिंह, प्रतीक्षा काफ्ले, मुभ थापा, चन्दा भट्टराईलाई देखाइएको छ ।
गाउँ घरको कथा र विदेसिएका नेपालीहरूको व्यथालाई गीतमा समेटेको छ । शंकर अधिकारी ‘घायल’को शब्द, विकाश चौधरीको संगीत र नारायण थापाको स्वर रहेको गीत ‘गाउँफर्क’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
निर्देशक घिमिरेका अनुसार यो टेलिशृंखला धनकुटाको महालक्ष्मी नगरपालिका–४, चानुवामा छायांकन गरिने र नेपाल टेलिभिजनबाट चाँडै प्रसारणमा आउनेछ ।






