राजु र डम्बर र रामकृष्णको सहकार्यमा ‘मायामा देख्छु तिमी नै’ (भिडियोसहित)

काठमाडौं,
मंसिर ३० ।

गीतकार डम्बर बिकेलको रचना वरिष्ठ संगीत निर्देशक राजु सिंहको संगीत रहेको गीत ‘मायामा देख्छु तिमी नै’ सार्वजनिक भएको छ । रामकृष्ण ढकाल एवं च्यारिटी पन्तको स्वर र फणीन्द्र राईको एरेन्जर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

विजयराज भुर्तेलको निर्देशन, अनुप डंगोलको कोरियोग्राफी रहेको गीतको भिडियोमा हर्कराज शंकर र मुना भुर्तेललाई फिचरिङ गरिएको छ ।

आफूले मन पराएको मान्छेलाई प्रेमभाव व्यक्त गरिएको गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । आफूले मन पराएको मान्छेलाई हरेक ठाउँ, हरेक समय देखिने गीतमा भनिएको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार