काठमाडौं,
असोज १६ ।
यही असोज २४ गते फूलपातीदेखि सिनेमाघरमा आउने तयारी रहेको चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्ट निर्देशित यो चलचित्रको मंगलबार ट्रेलर सार्वजनिक गथरिएको हो ।
सार्वजनिक तीन मिनेट १४ सेकेण्ड लम्बाइको ट्रेलर एक्सनले भरिएको छ । एक्सनलाई महत्वपूर्ण स्थान दिइएको ट्रेलरमा विराज भट्ट र नव-नायक समीर भट्टको भरपुर एक्सन राखिएको छ । ट्रेलरमा प्रेम र पीडाको पनि समिश्रण छ ।
चलचित्रमा पूर्व‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा ९साउथ फिल्मका कलाकार०लगायतको पनि अभिनय देख्न सकिन्छ ।
महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गर्नुभएको छ ।






