‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं,
भदौ १४ ।

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक फर्स्ट लुक पोस्टरमा चलचित्रका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुशी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ ।

त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको संकेत गरिरहेको छ ।

प्रकाश र विजयको खुसीले उनीहरू एकै घरका सदस्य हुन् भनेर अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माणपक्षले केही जानकारी दिएको छैन ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको निर्मातामा विनोद पौडेल र प्रतीक सुवेदी निर्माता रहेका छन् ।

यो चलचित्रलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

शिवराम श्रेष्ठ छायांकान रहेको चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यस्तै, चलचित्रमा सुरेन्द्र पौडेको सम्पादन, सुप्रीम पराजुलीको कलर, उत्तम न्यौपानेको साउण्ड मिक्सीङ, दिनेश बहादु रावतको सह निर्देशन, रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर, विजय वस्यालको पोस्टर डिजाइन रहेको छ ।

कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुने यो फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले नै विश्वभर प्रदर्शन गराउने भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार