‘सारंग’ को ‘चिसो बतास’मा २२ बालबालिकाको स्वर

काठमाडौं,
साउन ८ ।

प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ चलचित्रको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी खनालले रचेको सो गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान बालबालिकाहरूको साथमा किरण भुजेल र मुस्कान रानाभाटको स्वर दिनुभएको छ ।

चलचित्र अर्को एउटा गीतमा भने शान्तिश्री परियार र साइराजको स्वर छ । ‘चोली तुनामा’ बोलको सो गीत पनि डिपी खनालले लेख्नुभएको हो भने संगीत पनि शंकर थापा स्माइलको छ । बाल मनोबिज्ञान तथा बालअधिकारको बिषयमा केन्द्रित चलचित्रमा कथाको मागअनुसार नै एकसाथ २२ जना बालबालिकालाई गीत गाउन लगाएको निर्देशक तामाङले बताउनुभयो । गीत एक्दमै सुमधुर र अर्थपूर्ण रहेको उहाँको दावी छ ।

वैशाख २ गतेबाट सुटिङ थालीएको चलचित्रको पहिलो चरणको सुटिङ सकिएको छ । बाँकी छायांकन केही दिनमै गरिने चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छ। मनोरञ्जनका साथै समाजीक सन्देशसमेत प्रस्तुत गरिने चलचित्रको स्क्रिप्ट निर्देशक तामाङ आफैँले लेख्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार