ओलीको नेतृत्वमा सरकार बनाउन एमाले र कांग्रेसबीच सहमति

काठमाडौं,
असार १८ ।

नयाँ राजनीतिक समीकरण बनाउन संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सत्ता सञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको हो ।

सोमबार अध्यक्ष अ‍ोली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकार चलाउने गरि सहमति भएको बताइएको छ । सहमति अनुसार ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्नेछन् । ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालय नौ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने र बाँकी मन्त्रालय अन्य दलका लागि राखिने बताईएको छ।

त्यस्तै दुई दलबीच विद्यमान निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्ने सहमतिसमेत भएको छ । त्यसका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति भएको बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार