राजनराज र रत्नशोभाको स्वरमा नेवाः फ्युजन गीत ‘यःमरि च्वामु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार १६ ।

राजनराज शिवाकोटीको रचना र सङ्गीत नेपालभाषा संगीत क्षेत्रका लोकप्रिय गायिका रत्नशोभा महर्जनको युगल गायन रहेको गीत ‘यःमरि च्वामु’ सार्वजनिक भएको छ । साहित्यकार रजनी मिलाले यसको नेपालभाषा अनुवाद गर्नुभएको हो ।

काठमाडौंको टेकु दोभान स्थित राणाकालिन तीन देवल परिसरमा भएको सार्वजनिकिकरण समारोहमा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ मूख्य अतिथीका रुपमा रहनुभएको थियो । प्रमूख अतिथी श्रेष्ठले गायिका रत्नशोभा महर्जनको प्रतिभा प्रशंसा गर्दै विख्यात संगीतकर्मी सिवाकोटी सँगको युगल गायनले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

अशोक कुमार माली र मनिराज लवटको प्रस्तुति र ए एन एन प्रोडक्शन को निर्माण रहेको गीतको भिडियोमा अशोककुमार माली र तिमिला गोपाली लगायत धेरै कलाकारहरूको सहभागीता छ ।

भिडियोको कोरियोग्राफि राजन शाही, छायांकन, सम्पादन र कलर ग्रेडिङ सोहन मानन्धर, श्रृंगार सनमकुमार श्रेष्ठ र मिरा डंगोलले गर्नुभएको छ ।

भिडियो सार्वजनिक समारोहमा आयोजकका तर्फबाट अभिनेत्री हिसिला महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रस्तोता अशोक कुमार मालि , संगीतकर्मी राजनराज सिवाकोटी, भिडियो निर्देशक देवकुमार श्रेष्ठ लगायतले आ–आफ्ना भनइ राख्नुभएको थियो ।

भिडियोको समीक्षा गर्ने क्रममा वरिष्ठ सिने पत्रकार तथा समीक्षक विजयरत्न तुलाधर असंबरेले नेपालभाषाको म्युजिक भिडियो क्षेत्र दिनानुदिन फराकिलो हुँदै गएको र यस भिडियो मा नेवाः संस्कृतिमा महत्वपूर्ण स्थान रहेको मिठाइ यःमरिलाई भिडियो मा सुन्दर र सटिक ढंगबाट प्रस्तुत गरिएकोले सुनमा सुगन्ध थपिए जस्तो भएको धारणा राख्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार