प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं,
जेठ ११ ।

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज (शुक्रबार) को बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण सभामुखले बैठक स्थगित गर्नुभएको हो । सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने जानकारी दिनुभएको छ ।

आजको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए । कांग्रेसको लगातारको विरोधपछि सभामुखले आज नीति तथा कार्यक्रम पारित गर्ने लगायतको कार्यसूची हटाउदै बैठक स्थगित गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार