अम्बिका गुरुङको हिन्दी गीत ‘तस्वीर…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ ३ ।

गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘तस्वीर…’ सार्वजनिक भएको छ । दार्जिलिङ निवासी गायक स्माइल दासको स्वर, शंकर थापा (स्माइल) को संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियो मनाङ जिल्लाका बिभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ ।

भवसागर इन्टरटेन्टमेन्ट एलएलसी च्यानलमार्फत दर्शकमाझ ल्याइएको गीतको भिडियो केशबराज भट्टले निर्देशन गर्नुभएको हो । हिन्दी भाषाको गीतको बजार ठूलो तथा बिश्वब्यापी रहेकाले हिन्दीम गीत ल्याइएको निर्माताले बताएका छन् । भिडियोमा प्रभातपाल ठकुरी, प्रनिमा दाहाल र देवेन्द्र बरालको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा मिलन श्रेष्ठ र बन्देप्रसादको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार